ad ad

कर्णाली


कर्णालीले रच्यो इतिहास, पहिलोपटक सभामुख र उपसभामुख दुवै महिला

पहिलो कार्यकालमा सातै प्रदेशबाट उपसभामुख मात्र बनेका थिए महिला
कर्णालीले रच्यो इतिहास, पहिलोपटक सभामुख र उपसभामुख दुवै महिला

तस्बिर : प्रदेशसभा सचिवालय।


दिनेश बुढा
माघ ६, २०७९ शुक्रबार ९:११, सुर्खेत

कर्णाली प्रदेशले सभामुख र उपसभामुख पाएको छ। देश संघीयतामा गएसँगै कर्णालीले प्रदेशले सभामुख र उपसभामुख दुवै पदमा महिला नेत्तृव पाएको हो। अर्थात् कर्णाली प्रदेशको सभामुख र उपसभामुखमा महिला निर्वाचित भएका छन्।

देश संघीयतामा गएपछि प्रदेशको सभामुखमा महिला निर्वाचित भएको यो पहिलो रेर्कड हो। यस अघि देशका सातै प्रदेशमा महिला सभामुख बनेको इतिहास छैन्। 

प्रतिनिधि सभाको सभामुखमा छैटौं सभामुखको रुपमा ओनसरी घर्ती बनेकी थिइन्। तर प्रदेशमा महिला सभामुख बनेको भने यो पहिलो पटक हो।

कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरूङ र उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित भएर इतिहास रचेका हुन्।

आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा सत्तारुढ दल नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बनेकी हुन्। साथै, बुधबार उपसभामुख पदका लागि भएको निर्वाचनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट यशोदा न्यौपाने निर्वाचित भइन्।

केन्द्रमा सत्ता गठबन्धनबीच भएको भागबन्डा अनुुसार कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा, सभामुख एमाले र उपसभामुख माओवादी केन्द्रको भागमा परेको थियो। सोही अनुसार दलहरुले उम्मेदवार तय गरेका थिए।

४० सदस्यीय रहेको प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३, एमालेका सभामुखसहित १०, नेपाली कांग्रेसका १४, राप्रपा र नेकपा एकीकृत समाजवादीका १/१ तथा स्वतन्त्रबाट १ जना सांसद छन्। सभामुख र उपसभामुख दुवै जनाले २४/२४ मत प्राप्त गरेका थिए।

यसअघि कर्णाली प्रदेशसभामा ज्येष्ठ सदस्यका हैसियतले नेकपा एमालेका सांसद बिनोदकुमार शाहले सभामुखको भूमिका निर्वाह गरेका थिए। पुस १० गते केन्द्रमा भएको राजनीतिक फेरबदलपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री र नेकपा एमालेले सभामुख भएपछि शाह नै सभामुख हुने आंकलन धेरैको थियो। तर, शाह मन्त्री बन्ने भन्दै सभामुख पदबाट पछाडि हटे।

त्यसपछि सभामुखका लागि मुगुका जीतबहादुर शाही, हुम्लाका कलबहादुर हमालको नाम चर्चामा थियो। तर, यी तीन जनाले पनि मन्त्री बन्ने मनशाय बनाएपछि एमालले अन्तिममा समानुपातिकतर्फ सुर्खेतबाट निर्वाचित सांसद नन्दा गुरुङलाई सभामुखमा अघि सारेको हो। उनले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका खड्ग पोखरेललाई हराउँदै सभामुख बनेकी छन्।

यस्तै, एमालेबाट सभामुखमा महिला आएपछि नेकपा माओवादी केन्द्रले पुरुष उम्मेदवार बनाउने धेरैको विश्वास थियो। तर, माओवादीले कालीकोटकी समानुपातिक सांसद यशोदा न्यौपनोलाई अघि सार्‍यो। न्यौपानेले कांग्रेस उम्मेदवार इन्द्राकुमारी शाहीलाई हराउँदै उपसभामखुम बनेकी हुन्।

अन्य प्रदेशसभा पदका लागि नेताहरुले तानातान गरेपनि कर्णालीमा पुरुष नेताहरूले महिलाहरूका लागि अवसर दिएका छन्। प्रत्यक्षतर्फ स्थान नपाउने महिलालाई पुरुष सांसदको मन्त्री बन्ने लोभले यसपाली भने कर्णाली संसदले नयाँ इतिहास रचेको छ। 

प्रदेशसभाको पहिलो कार्यकालमा ७ वटै प्रदेशले उपसभामुखमा महिला सांसदलाई थन्काएका थिए। तर, कर्णाली प्रदेशको दुवै पदमा महिला निर्वाचित हुँदै इतिहास रचेका छन्।

समावेशीताको चर्को नारा लगाउने दलहरूले महिलालाई ३३ प्रतिशत सहभागी गराउनुपर्ने संवैधानिक बाध्यतालाई समानुपातिकमा सीमित गर्दै प्रत्यक्षतर्फ महिला प्रतिनिधित्वमा विगतकै अभ्यास दोर्‍याएका छन्।

युनिक अभ्यास गरेका छौँ : शाह
कर्णाली प्रदेशका विना विभागीय मन्त्री तथा एमाले कर्णाली प्रदेश अध्यक्ष बिनोदकुमार शाहले कर्णाली प्रदेश सभामा ‘युनिक अभ्यास’को सुरूवात गरेको बताए। उनले भने, ‘संघीय व्यवस्था स्थापना भएदेखि आफ्नो जीवनको परारम्ममा नै यसले केही स्मरण गर्नुपर्ने कुरा गरेको इतिहास छ। अरु प्रदेशहरूले नामाकरण गर्दै नसेको अवस्थामा कर्णाली प्रदेशले आफ्नो प्रदेशको नामाकरण गर्न सफल थियो।’ 

अहिले सभामुख र उपसभामुखमा पनि महिलालाई निर्वाचित गराएर कर्णालीले इतिहास रचेको उनी बताउँछन्।

‘अहिले पनि सात वटै प्रदेशमा सभामुख र उपसभामुखका निर्वाचन सम्पन्न भएका छन्। भने ती प्रदेशले सभामुख र उपसभामुख पाइसकेका छन्,’ शाहले नेपालखबरसँग भने, ‘हामीले प्रदेश सभामा युनिक अभ्यास गरेका छौँ। सभामुखमा र उपसभामुखमा पनि महिलालाई निर्वाचित गराएका छौँ।’ 

महिला सभामुख बनाउन सफल : केसी 
यस्तै, नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले प्रदेशको हकमा पहिलो पटक सभामुख महिला बनाउन सफल भएको बताइन्। 

सभामुख मात्रै नभई उपसभामुखमा पनि महिलानै भएको कारणले समग्र कर्णालीवासीका महिलाहरुले गौरव र खुशी व्यक्त गरिरकेका प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘अन्य प्रदेशका यस्तो अभ्यास भएको छैन्, कर्णालीमा सभामुख र उपसभामुख दुवै महिला हुँदा टिम बन्ने कुरा र काम गर्ने कुरामा सजह हुने विश्वास छ।’

पुरुषहरूकै वर्चश्व रहेको बेलामा कतिपयलाई पचाउनै गाह्रो भएको उनी बताउँछिन्।

‘अहिलेसम्मको अभ्यासमा पुरुषैपुरुष भएको यस्तो पदहरुमा दुईवटा महिला नेतृत्वमा आएपछि कतिपयहरुलाई पचाउन गाह्रो पनि भएको होला। साथै महिलाहरुले नेतृत्व गरेको क्षेत्रमा अघि कसरी बढ्लान् भनेर मान्छेहरुले खोजी समेत रहेका छन्,’ केसीले नेपालखबरसँग भनिन्, ‘यो एउटा परीक्षा समेत होर महिलाका लागि, चुनौती पनि खडा भएको छ।’

अध्यक्ष केसीले महिलाहरुलाई जिम्मेवारी दिएपछि पुरुष भन्दा कम नभई उनीहरू भन्दा झन् बफादार र इमान्दारसँग पूर्वक काम सकने र पुरुष जतिकै क्षमता राख्न सक्ने दाबी गरिन्। 

‘अब सभामुख र उपसभामको अगाडी ठूलो अवसर पनि रहेको छ। त्यो सँगै चुनौती पनि छ। त्यसैले पुरुष भन्दा राम्रो काम गर्नसक्नुहुन्छ त्यस्ता सभामुख र उपसभामुख पार्टीले दिएका छौँ र प्रदेश सभाले चयन गरेको छ,’ केसी भन्छिन्, ‘यो हामीले राम्रो र नौलो काम कर्णालीबाट सुरुवात गरेका छौँ। यो कुरा सबैले सिक्न जरूरी छ। यसले राम्रो खालको सन्देश दिएको छ।’

कर्णालीको सभामुख र उपसभाको विषयमा बजारमा सकरात्मक कुराहरु गरेको सुनेको र पुरुषहरुले पनि राम्रा सुझाव दिएको भन्द कर्णालीका महिला सभामुख र उपसभामुखलाई अवसर र चुनौती दुवै भएका कारणले उनिहरुको कार्याकाल सफल पार्नका लागि सहयोग गर्न आग्रह समेत गरिन्। 

को हुन्, सभामुख गुरूङ?
कर्णालीकी सभामुख नन्दा गुरूङको जन्म दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा २०२३ साल फागुन २ गते भएको हो। हाल वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेत घर भएकी सभामुख गुरूङको बाल्यकाल लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा बितेको थियो। 

सभामुख गुरूङ ०४८ सालदेखि एमालेको राजनीतिमा अग्रसर भएकी थिइन्। ०५४ सालमा सुर्खेत जिल्लाको साविक उत्तरगंगा गाविस–४ को वडा सदस्य बनेकी उनी हाल एमालेको प्रदेश कमिटीको सचिवालय सदस्य र अखिल नेपाल महिला संघको सुर्खेत अध्यक्ष छन्। गुरुङले ०५४ सालमै श्रीमान् गुमाइन्। त्यसपछि गुरूङको काँधमा सम्पूर्ण पारिवारिक जिम्मेवारी आएपनि त्यसको सामाधान गर्दै राजनीतिमा तल्लिन थिइन्।

एमालेको कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य रहेकी गुरूङले वडा, नगर, इलाका हुँदै जिल्ला कमिटीको सदस्य समेत भएर भूमिका निर्वाह गरिसकेको अनुभव संगालेकी छन्। एमालेले उनलाई आम निर्वाचनमा प्रदेशसभातर्फ आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद बनाएको हो। 

उनी अहिले स्नातकोत्तर अध्ययन गरिरहेकी गरेकी छन्। उनले ०४८ सालदेखि एमालेको राजनीतिमा अग्रसर भएकी सभामुख गुरूङले राजनीतिमा लागेको ३१ वर्षपछि लाभको पदमा पुगेकी हुन्। 

को हुन् उपसभामुख न्यौपाने?
कर्णाली प्रदेशको उपसभामुमा निर्वाचित न्यौपाने जुम्ला तातोपानि गाउँपालिका–४ हाँकुमा जन्मेकी बुवा धन्नजय न्यौपाने र आमा धनरुपमा न्यौपानेको कोखबाट २०४० साल असोज ३ जन्मेकी हुन्। न्यौपाने २०५३ सालबाट राजनितिक यात्रा सुरु गरेकी थिइन्। २०५३ सालदेखि २०५६ सालसम्म नेकपा एमालेमा संगठित थिइन्।

न्यौपाने २०५७ सालमा कक्षा ९ पढ्दै गर्दा पार्टीमा आवद्ध भएकी थिइन्। त्यसपछि न्यौपान २०५७ साल बैशाख ३ गते जनयुद्धको समयमा नेकपा माओवादी आवद्ध भएकी हुन्। उनी विद्यालयमा पढ्दै गर्दा अखिल क्रान्तिकारीको संगठनमा आवद्ध थिइन्। 

यस्तै, २०५७ सालको असोजमा कालिकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईसँग विवाह भएको थियो। २०५८ सालमा जिल्लामा रहदा महिला संगठनमा सचिव थिइन् भने पार्टीको एरियाको सेक्रेटरी थिइ्न। 

त्यसपछि उनी किसान संगठनको ब्यूरो सदस्य भइन््। २०५९ सालमा भूमिगत भएपछि कालिकोट, जुम्ला, कास्की, म्यादी, तनहु र गोर्खामा रहँदा कमाडरको भुमिका निर्वाह गरेकी थिइन्। 

अखिल क्रान्तिकारीको संगठनमा रहदा राजनितीमा होमिनु पर्छ भन्ने चासो लागेको थियो।

एमाले पार्टिमा आवद्धहुँदै गर्दा खुल्ला राजनिती पनि गरिन्। संगठनमा भइरहँदा माओवादी पार्टी भूमिगत पार्टी भएको र यसैपार्टीबाट आफ्नो राजनीतिलाई अगाडी बढाउनुपर्छ भन्दै होम्मिएकी थिइन्। पार्टीमै रहदा २०६५ सालमा एसएलसी पास गरेकी हुन्। हाल उनी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .