कर्णाली


कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने विजयी

कर्णाली प्रदेशको उपसभामुखमा यशोदा न्यौपाने विजयी

नेपालखबर
माघ ४, २०७९ बुधबार १४:५४, सुर्खेत

कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने विजयी भएकी छन्। बुधबार बसेको प्रदेश सभाको बैठकमा भएको मत विभाजनबाट उपसभामुखमा न्यौपाने विजयी भएकी हुन्। 

बुधबार बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकले सत्तारुढ दलको तर्फबाट नेकपा माओवादी केन्द्रकी न्यौपाने विजयी भएकी हुन्। 

न्यौपाने कालीकोटमा समानुपातिक कोटाबाट कर्णाली प्रदेशको सदस्यमा निर्वाचित भएकी थिइन्। 

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य समेत रहेकी न्यौपानेको प्रस्तावक प्रदेश सभा सदस्य कृष्ण जिसी रहेका थिए भने नेकपा एमालेका विनोदकुमार शाहले सर्मथन गरेका थिए।

न्यौपानेको पक्षमा २४ मत खसेको छ। जम्मा ४० जना प्रदेश सभा सदस्य रहेको कर्णली प्रदेशमा उपसभामुखको लागि भएको मतविभाजनमा ३८ जना सांसदले भाग लिएका थिए। न्यौपानेलाई माओवादी केन्द्रका १४, नेकपा एमालेका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसदले मतदान गरेका थिए। 

यस्तै, कांग्रेसबाट उपसभामुखमा कांग्रेसबाट उम्मेदवारी बनेकी इन्द्राकुमारी शाहीको पक्षमा जम्मा १४ मत परेको छ। जसमा कांग्रेसका १४ र एकीकृत समाजवादीका १ सांसद रहेका छन्।

सत्तारुढ दल नेकपा एमालेबाट सभामुख बनेकी नन्दा गुरूङले र जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाहीले मत विभाजनमा भाग लिएनन्। 

यस्तै, नेपाली कांग्रेसबाट उपसभामुखमा उम्मेदवारी दिएकी इन्द्राकुमारी शाहीको नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही प्रस्तावक र सर्मथकमा कांग्रेस केन्द्रीय सदस्य जानकी सिंह रहेका थिए।

बैठक माघ ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरेर स्थगित भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad