ad ad

कर्णाली


झडपले रोकिएको हुम्लाको सर्केगाडमा पुनः सुरु भयो मतदान

झडपले रोकिएको हुम्लाको सर्केगाडमा पुनः सुरु भयो मतदान

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १४:२, काठमाडौँ

दुई पक्षबीच झडप हुँदा रोकिएको हुम्लाको सर्केगाडमा गाउँपालिका– ३ देवकोटा आधारभूत विद्यालय उनापानीमा पुनः मतदान सुरु भएको छ। 

सर्बदलिय बैठकबाट दुई पक्षबीच सहमती भएपछि मतदान सुरु भएको हुम्लाका निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिए। 

मतदान स्थलमा झडप हुँदा सहायक दुई जना घाइते भएका थिए। विवाद उर्ग बनेपछि नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको थियो। 

त्यहाँका वडाध्यक्षले वारेसमार्फत मत हाल्छु भनेपछि  सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताहरुबीच झडप भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .