कर्णाली


सुर्खेतमा पटाका पड्काउन प्रतिबन्ध, देउसी भैलो साँझ ७ बजेसम्म मात्रै

सुर्खेतमा पटाका पड्काउन प्रतिबन्ध, देउसी भैलो साँझ ७ बजेसम्म मात्रै

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १५:२४, सुर्खेत

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभार पटाका, आतिसवाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ।

नेपालीहरुमो महान चाड दिपावली तथा छठ पर्व नजिकिँएसँगै उक्त कार्य गरेको पाइएमा प्रशासनले कारबाही गर्ने चेतावनी दिएको छ। 

प्रशासनले उक्त कार्य नगर्नका लागि जिल्लाका सम्पूर्ण नागरिक, समाजसेवी, व्यापारी, उद्योगी, राष्ट्रसेवक, विद्यार्थी, पत्रकार तथा सर्वसाधारणलाई अनुरोध समेत गरको छ।

यदी कसैले सूचनाको अवज्ञा गरि कानून विपतिका कार्यहरु गरे वा गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

यस्तै, प्रशसनले देउसीभैलो कार्यक्रम बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेएको छ।

साथै तिहारको समयमा दियो, मैनबत्ति, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरि दिपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरु हुन सक्ने भएकाले सो तर्फ सचेत रहेनसमेत प्रशसनले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .