कारोबार


हिमालयन रिइन्स्योरेन्सको साधारण सभाबाट ५ प्रस्ताव पारित, प्रबन्धपत्र संशोधनको तयारी

हिमालयन रिइन्स्योरेन्सको साधारण सभाबाट ५ प्रस्ताव पारित, प्रबन्धपत्र संशोधनको तयारी

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १५:३३, काठमाडौँ

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको ठमेलस्थित होटल अलफ्टमा शुक्रबार साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाबाट पाँच वटा प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ। 

साधारण सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी सो प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु उपर छलफल गरी सर्वसम्मतिले पारित गरेको छ। 

त्यसैगरी आगामी आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति तथा सञ्चालकको पारिश्रमिक तथा भत्तासमेत निर्धारण गरेको छ।

साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ।

साधारण सभाको अवसर पारेर सञ्चालक समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छाले कम्पनी स्थापनाको दोस्रो वर्षमा नै अद्वितीय उपलब्धि हासिल गर्न सफल भएकोमा कम्पनीका व्यवस्थापन तह लगायत कर्मचारीप्रति कृतज्ञता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad