आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका सत्ता गठबन्धनमा आबद्ध दलहरुले प्यूठानमा संयुक्त निर्वाचन परिचालन समितिहरु गठन गरेका छन्।
खलंगास्थित राष्ट्रिय जनमोर्चाको कार्यालयमा सोमबार बसेको ५ दलको संयुक्त बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको हो।
प्रतिनिधिसभा निर्वाचन परिचालन समितिमा राष्ट्रिय जनमोर्चाका तर्फबाट बोमबहादुर खत्री संयोजक र नेपाली कांग्रेसका सुवास केसी, नेकपा माओवादी केन्द्रका नारायण अधिकारी, नेकपा एकीकृत समाजवादीका राजकुमार कक्षपती र नेपाल समाजवादी पार्टीका श्याम गहतराज सदस्य रहेका छन्।
प्रदेश ‘क’ मा माओवादी केन्द्र यज्ञबहादुर केसी (प्रभात) संयोजक, कांग्रेसका टोपाराम कालाथोकी, राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य, एकीकृत समाजवादीका कृष्ण रायमाझी, समाजवादी पार्टीका शिवबहादुर पुन सदस्य रहेका छन्।

प्रदेश ‘ख’मा कांग्रेस नीमा गिरी संयोजक र सदस्यहरुमा माओवादी केन्द्रका विश्वबन्धु थापा, राष्ट्रिय जनमोर्चाका तिलक जीसी, एकीकृत समाजवादीका दलबहादुर केसी र समाजवादी पार्टीका दामोदर गिरीलाई सदस्य चयन गरिएको छ।
बैठकले निर्वाचन परिचालनका लागि प्रतिनिधिसभाको सम्पर्क कार्यालय जुम्री, प्रदेश ‘क’ को सम्पर्क कार्यालय चकचके र प्रदेश ‘ख’ को सम्पर्क कार्यालय बाग्दुलामा स्थापना गर्ने निर्णय गरेको प्युठान कांग्रेसका सभापति विष्णुकुमार गिरीले जानकारी दिए।
Shares

प्रतिक्रिया