ad ad

कारोबार


अर्थमन्त्री जनार्दन शर्मा आज अमेरिका जाँदै

अर्थमन्त्री जनार्दन शर्मा आज अमेरिका जाँदै

फाइल तस्बिर


नेपालखबर
असोज २४, २०७९ सोमबार १७:४६, काठमाडौँ

अर्थमन्त्री जनार्दन शर्मा आज अमेरिका भ्रमणमा जाँदै छन्। 

अर्थसचिव कृष्णहरि पुस्करलगायतको टोलीको नेतृत्व गर्दै मन्त्री शर्मा अमेरिका भ्रमणमा जान लागेका हुन्।  

विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन उनी अमेरिका जान लागेको अर्थ मन्त्रालयले जनाएको छ।  

यी दुई संस्थाले आया्ेजना गर्ने यो वार्षिक गोष्ठी हो। उक्त भ्रमणमा नेपाललाई हुने वित्तीय सहयोगको विषयमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ। 

यसअघि पनि उनी दक्षिण कोरिया भ्रमणमा गएका थिए। भदौ २६ गते उनी कोरिया भ्रमणमा गएका थिए। कोरियामा भएको हरित जलवायु कोषको विश्वव्यापी सम्मेलनमा सहभागी भएर नेपाल फर्किएका थिए। 

उनी अर्थ मन्त्रालयमा फर्किएपछिको यो दोस्रो विदेश भ्रमण हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .