राजनीति


माओवादी दाबीले अप्ठ्यारोमा रामकुमारी, प्रचण्डलाई दबाब दिँदै नेताहरू

माओवादी दाबीले अप्ठ्यारोमा रामकुमारी, प्रचण्डलाई दबाब दिँदै नेताहरू

नेपालखबर
भदौ २६, २०७९ आइतबार २२:६, काठमाडौँ

गुल्मी क्षेत्र नम्बर २ मा आफ्नै उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेताहरुले दबाब बढाएका छन्।

यही विषय गठबन्धनको बैठकमा समेत प्रवेश पाएको छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि गुल्मी २ दाबी गरेको छ।

सचिव रामकुमारी झाँक्री उक्त क्षेत्रबाट उठ्न चुनावको तयारीका लागि अहिले मतदाता भेटघाट अभियान तीव्र  पारिरहेकी छन्।

तर, ४ गाउँपालिका जिताएकोले गुल्मी २ छोड्न नहुने भन्दै लुम्बिनीका माओवादी नेता र कार्यकर्ताले प्रचण्डलाई दबाब दिएका छन्।

आइतबार पनि केही नेताहरुले खुमलटार निवासमा पुगेर गुल्मी २ बाट उम्मेदवार बनाउन प्रस्ताव गरेका छन्।

बिहीबारअघि गुल्मीमा माओवादीले संघमा दाबी गरेको थिएन्। १ नम्बर क्षेत्र कांग्रेसले दाबी गरेको छ।

कांग्रेसका चन्द्र भण्डारी त्यसक्षेत्रबाट उठ्ने उम्मेदवार हुन्। २ मा एकीकृत समाजवादीले एमालेका गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्न रामकुमारी झाँक्रीको नाम सिफारिस गरेको छ।

तर, एकीकृत समाजवादीको जिल्ला इन्चार्ज र अध्यक्ष तथा लुम्बिनीका प्रभावशाली नेताहरु नै एमाले फर्कन थालेपछि माओवादीले उक्त क्षेत्र दाबी गर्न थालेको हो।

तर, प्रचण्डले यसबारे मुख खोलेका छैनन्। उनले माधव नेपालको लगभग कोटामा परेको क्षेत्रमा सकभर प्रवेश गर्न चाहेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad