कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेंगु रोगको उच्च जोखिममा रहेको पाइएको छ। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेंगुको उच्चा जोखिममा रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा १०५ जना डेंगु रोगका विरामीमध्ये वीरेन्द्रनगर भित्रका मात्रै ७५ जना बताए। प्रमुख गिरीकाअनुसार यो तथ्यांकबाट नै वीरेन्द्रनगर डेंगुको उच्च जोखिममा रहेको पाइएको हो।
वीरेन्द्रनगरका १६ वटा वडामध्ये सवैभन्दा धेरै बिरामी वडा नम्बर ४ मा रहेका छन्। वडा नम्बर ४ मा १५ जना, वडा न. ३ मा १४ जना, वडा नं. २ मा १० जना र वडा नं. ६ र ७ मा सात/सात जना बिरामी रहेका छन्।
डेंगु रोग विरुद्ध खोप नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नुनै उत्तम रहेको जनस्वास्थ्य शाखा प्रमुख गिरीको भनाई रहेको छ।
यस्तै, वीरेन्द्रनगरमा डेंगु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझावसमेत मागेको छ।
अघिल्लो वर्ष सुर्खेतका १२८ जनामा वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका ७९८ जनामा वीरेन्द्रनगरका मात्रै ७३९ जना डेंगुका बिरामी फेला परेका थिए।
Shares
प्रतिक्रिया