नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सुर्खेत जाँदैछन्। कर्णाली प्रदेशको प्रदेश स्तरिय बैठकमा सहभागी हुनका लागि प्रचण्ड सुर्खेत जान लागेका हुन्।
प्रचण्डको सचिवालयका अनुसार खुमलटारबाट सुर्खेतका लागि प्रचण्ड हिडिँसकेका छन्।
सुर्खेत विमानस्थलमा बिहान ८ बजे पत्रकारसँग भेटघाट कार्यक्रम राखिएको छ। सो भेटघाटपछि प्रचण्ड पार्टीका नेताहरुसँगको भेटघाट र बैठकमा सहभागी हुने बताइएको छ।
निर्वाचनलाई केन्द्रीत गरेर माओवादी केन्द्रले प्रशिक्षण कार्यक्रमहरु चलाइरहेको छ। आज कर्णालीमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले प्रशिक्षण दिने कार्यक्रम छ।
यसअघि प्रचण्ड विभिन्न प्रदेश कमिटीले आयोजना गरेको बैठकमा सहभागी हुँदै आएका छन्।
120
Shares

प्रतिक्रिया