कर्णाली


कर्णालीका दुई मन्त्रीको शपथ आज

कर्णालीका दुई मन्त्रीको शपथ आज

नेपालखबर
भदौ १३, २०७९ सोमबार ९:१९, काठमाडौँ

कर्णाली प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) का दुई जना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्ने भएका छन्। 

रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन्।

शपथग्रहणसँगै कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने सबै ११ जना माओवादी प्रदेश सांसदहरु मन्त्री बन्नेछन्।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको राजीनामा स्वीकृत भएको छ।

आइतबार मन्त्री विष्ट र सिंहले दिएको राजीनामा मुख्यमन्त्री जीवनबहादुर शाहीबाट स्वीकृत भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्याउन मन्त्री विष्ट र सिंहलाई राजीनामा दिन लगाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .