कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहको राजीनामा स्वीकृत भएको छ।
आइतबार मन्त्री विष्ट र सिंहले दिएको राजीनामा मुख्यमन्त्री जीवनबहादुर शाहीबाट स्वीकृत भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले आफ्ना मन्त्री हुन बाँकी रहेका निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्याउन मन्त्री विष्ट र सिंहलाई राजीनामा दिन लगाएको हो।
माओवादी केन्द्रले माओवादीकी सचेतक तथा जाजरकोटबाट समानुपातिकमा निर्वाचित कृष्णा शाह र रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई मन्त्रीका लागि सिफारिस गरेको छ।
मुख्यमन्त्री कार्यालयकाअनुसार मन्त्रीमा माओवादीले सिफारिस गरेका सांसद शाह र कामीलाई मुख्यमन्त्रीले सोमबार बिहान ११ बजेपछि मन्त्रीमा नियुक्त गरि केही समय पश्चात सपथ गराउने योजना रहेको छ।
Shares

प्रतिक्रिया