कर्णाली


कर्णालीका दुई मन्त्रीको राजीनामा आजै, माओवादीले सबै सांसदलाई पालो पुर्‍याउँदै

कर्णालीका दुई मन्त्रीको राजीनामा आजै, माओवादीले सबै सांसदलाई पालो पुर्‍याउँदै

नेपालखबर
भदौ १२, २०७९ आइतबार १४:१९, सुर्खेत

कर्णाली सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीले आजै राजीनामा दिने भएका छन्। 

माओवादी स्रोतका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा आइतबार दिउँसो तीन बजेपछि दिन लागेका हुन्। 

माओवादी केन्द्रले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष शुक्रबार मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाईसकेको छ। उक्त निर्णयअनुसार नै दुई मन्त्रीले आजै राजीनामा दिने भएका हुन्। 

मन्त्री विष्ट र सिंहको राजीनामापछि माओवादीले मन्त्रीमा सिफारिस गरेका दलकी सचेतक कृष्णा शाह र सांसद रातो कामीलाई मुख्यमन्त्री शाहीले आज नै नियुक्त गर्ने माओवादी स्रोतको दाबी छ। शाह जाजरकोटबाट समानुपातिक र कामी रुकुम-पश्चिमबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्।

नयाँ नियुक्त भएका दुई मन्त्रीको सपथ भने आज नभएर सोमबार बिहानसम्म हुने भएको छ।

माओवादी स्रोतका अनुसार सांसद रातो कामी गृह जिल्ला भएकाले वीरेन्द्रनगर फर्किन समय लाग्ने यदि वीरेन्द्रनगर समयमै पुगेपछि आजै साँझ पद तथा गोपनीयताको सपथ ग्रहण हुने र ढिलो भएमा सोमबार बिहान ११ बजे हुने छ।

कर्णालीमा माओवादी केन्द्रले आफ्ना मन्त्री हुन बाँकी निर्वाचित र समानुपातिक सांसदलाई पालो पुर्‍याउन लागेको हो। दुई प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल कर्णाली प्रदेशसभामा माओवादीका ११ सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .