ad ad

कर्णाली


कर्णालीबाट रवि लामिछानेले भने– मलाई गिल्ला गर्नेहरु ब्रेकिङ हेडलाइन दिन तँछाड मछाड गर्नेछन्

कर्णालीबाट रवि लामिछानेले भने– मलाई गिल्ला गर्नेहरु ब्रेकिङ हेडलाइन दिन तँछाड मछाड गर्नेछन्

नेपालखबर
साउन १७, २०७९ मंगलबार २०:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंगलबार कर्णाली प्रदेशको सुर्खेतमा विशाल जनसभा गरेका छन् । रविको सभामा ठूला दलको भन्दा राम्रो उपस्थिति देखिएको प्रत्यक्षदर्शीको दाबी छ ।

रविको कार्यक्रममा देखिएको उपस्थितिबारे कर्णालीका पत्रकार पंखबहादुर शाहीको प्रतिक्रिया छ, ‘लामिछाने दाइको क्रेज गज्जब देखियो कर्णालीमा ! यति मान्छेहरु कुनै पनि पार्टीको कार्यक्रममा उपस्थित भएको देखिएको थिएन ।’

त्यसो त आफ्नो सभामा मानव सागर उर्लिएको देखेपछि रवि उत्साही बनेका छन् । कार्यक्रमलगत्तै लामिछानेले पत्रकार विजयकुमारलाई भने, ‘जब राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चुनाव जित्ला, जब मैले कुनै ठूलो नेतालाई यही चुनावमा रोकौंला, तब मलाई गिल्ला गर्नेहरु नै – रबि लामिछानेको सफलताका ७ कारण भनेर ब्रेकिङ हेडलाइन दिन तँछाड मछाड गर्नेछन्।’

चुनावको तयारीस्वरुप देशैभरि कार्यक्रम गरिरहेका लामिछाने मंगलबार कर्णाली पुगेका हुन् । कार्यक्रममा उनले भने, ‘मृत्युलाई आँखै अगाडि देखेर आएको हुँ, म कसैसँग डराउँदिनँ ।’

देशमा भरोसा गर्न योग्य नेता कोही नभएकाले आफू राजनीतिमा आएको बताउँदै लामिछानेले राजनीतिमा देखिएको फोहोर सफा गर्ने प्रतिवद्धतासमेत जनाए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .