ad ad

कर्णाली


कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोर एक सातादेखि बन्द

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०७९ आइतबार १२:४५, मान्म

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द छ। दैनिकजसो पानी पर्ने भएका कारण सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो। 

सडकमा गाडी थन्किएका छन्। लामो समयदेखि आफूहरू बीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए। 

‘म बाजुराका लागि सामान लिएर जादैँ थिए। लाफा सडकखण्ड आइतबारदेखि बन्द छ’, उनले भने। हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मेहम्मे भएको चालक खड्का बताउँछन्। 

‘हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्’, पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भने। 

सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको  पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए। 

‘सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .