ad ad

कर्णाली


एसएसपी बास्तोला फेरि सरुवा

एसएसपी बास्तोला फेरि सरुवा

नेपालखबर
असार १५, २०७९ बुधबार १२:०, काठमाडौँ

कर्णाली प्रदेशका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाको फेरि सरुवा भएको छ।

दुई महिना अघि मात्रै कर्णाली प्रदेशको निमित्त प्रमुखका रुपमा काज सरुवा गरिएका बास्तोलालाई अहिले प्रदेश नं १ तालिम केन्द्रमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

याे पनिएसएसपी बास्तोला कर्णाली प्रदेशमा काज सरुवा

बास्तोला दुई महिनामै दोस्राेपटक काज सरुवा भएका हुन्। वैशाख १९ गते तत्कालीन डीआईजी गणेशबहादुर ऐरले अवकाश पाउने भएपछि त्यसअघि नै बास्तोलालाई सरुवा गरिएको थियो। 

स्थानीय तहको चुानावलाई लक्ष्य गरी बास्तोलालाई त्यहाँ पठाइएको थियो। तर ब्याचीहरु डीआईजीमा बढुवा भएपछि बास्तोला असन्तुष्ट थिए। उनलाई पुनः प्रदेश नं १ तालिम केन्द्रमा प्रमुखको जिम्मेवारी दिइएको हो। 

प्रहरीमा लगातार इन्चार्ज नदिइने भए पनि बास्तोलालाई भने लगातार राम्रो ठाउँमा काजमा सरुवा गरिएको हाे।

विमानस्थल सुरक्षा कार्यालयको प्रमुखबाट सरुवा भएका बास्तोलाको प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखामा दरबन्दी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .