ad ad

समाज


एसएसपी बास्तोला कर्णाली प्रदेशमा काज सरुवा

एसएसपी बास्तोला कर्णाली प्रदेशमा काज सरुवा

नेपालखबर
बैशाख १६, २०७९ शुक्रबार ११:३५, काठमाडौँ

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाको कर्णाली प्रदेश प्रहरी कार्यालयमा काज सरुवा भएको छ।

कर्णाली प्रदेशमा एसएसपी रिक्त थियो भने, केही दिनपछि अवकाश हुने डीआईजी गणेशबहादुर ऐर पनि लामो समयदेखि बिदामा छन्। 

चुनाव नजिक सुरक्षा व्यवस्था चुस्त राख्नु पर्ने भएपनि कर्णालीमा झण्डै दुई महिनादेखि एसपीको भरमा छ। बास्तोला प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयमा कार्यरत थिए। 

त्यहाँ दरबन्दी भएका डीआईजी ऐर वैशाख ७ गतेदेखि बिदामा छन्। उनी आइतबारदेखि अनिवार्य अवकाशमा जाने भएका हुन्।

अन्य प्रदेशमा भने अवकाश हुन लागेका डीआईजीलाई तानेर सरकारले केही दिन पहिले नयाँ डीआईजी पठाएको हो। 

सोमबारदेखि हालका आईजीपी, चार एआईजी र ८ बाहेक सबै डीआईजीहरु अवकाशमा जाँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .