भारतका वरिष्ठ पत्रकार तथा लेखक मार्क टलीको निधन भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार आइतबार दिल्लीको एक निजी अस्पतालमा उनको निधन भएको हो। उनी ९० वर्षका थिए।
मार्क टली केही समयदेखि बिरामी थिए र गत हप्तादेखि साकेतको म्याक्स अस्पतालमा उपचाररत थिए।
उनका नजिकका साथी सतीश ज्याकबले आइतबार दिउँसो मार्कको निधन भएको बताए।
मार्क टलीको जन्म कोलकातामा भएको थियो।
उनले २२ वर्षसम्म बीबीसीको नयाँदिल्ली ब्युरो प्रमुखका रूपमा काम गरेका थिए।
उनी एक प्रसिद्ध लेखक र बीबीसी रेडियो ४ कार्यक्रम ‘समथिङ अन्डरस्टुड’का प्रस्तोता पनि थिए।
उनले १९८० को दशकमा खालिस्तानी आतंकवादी जर्नेल सिंह भिन्द्रनवालेको अन्तर्वार्ता लिएका थिए।
उनलाई २००२ मा नाइटको उपाधि दिइएको थियो र २००५ मा भारत सरकारले पद्मभूषण प्रदान गरेको थियो।
मार्क टलीले भारतमा धेरै पुस्तक लेखेका छन्। जसमा 'नो फुल स्टप्स इन इन्डिया', 'इन्डिया इन स्लो मोसन' र 'द हार्ट अफ इन्डिया' छन्।
Shares

प्रतिक्रिया