ग्लोबल


जम्मु-कश्मीरमा भारतीय सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु

जम्मु-कश्मीरमा भारतीय सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु

डोडा दुर्घटनामा घाइते भएका भारतीय सेनाका जवानको उद्धारमा प्रयोग गरिएको हेलिकप्टर।


नेपालखबर
माघ ८, २०८२ बिहिबार २०:४, काठमाडौँ

जम्मु कश्मीरको डोडा जिल्लामा बिहीबार भारतीय सेनाको गाडी ४०० फिट गहिरो खोचमा खस्दा १० सैनिकको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरूलाई उधमपुर सैनिक अस्पताल लगिएको छ।

दुर्घटना भदरवाह-चम्बा अन्तरराज्यीय सडकमा रहेको खन्नी टपनजिकै भएको हो।

डोडाका उपायुक्त हरविन्दर सिंहले भने, ‘सडकमा हिउँ परेका कारण चालकले गाडीको नियन्त्रण गुमाए।’

भारतीय सेनाका एक अधिकारीका अनुसार गाडी डोडाबाट २१ सैनिक लिएर माथिल्लो पोस्ट जाँदै थियो।

सेनाले मृतक र घाइते सैनिकहरू कुन राज्यबाट आएका थिए भन्ने कुरा अहिलेसम्म खुलाएको छैन।

भदरवाह-चम्बा सडकले जम्मु कश्मीर र हिमाचल प्रदेशलाई जोड्छ।

यो मार्गमा अग्ला पहाड, गहिरा खोच र घना जंगल छन्। यो सडक अत्यन्तै साँघुरो र धेरै ठाउँमा निकै घुम्तीहरू छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad