सिंगापुर सरकारले सन् २०२६ जनवरीदेखि माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालय समयभर स्मार्टफोन र स्मार्टवाच प्रयोग गर्न नपाउने नयाँ नीति लागु गर्ने घोषणा गरेको छ।
पहिले लागु भएको नियमअनुसार विद्यार्थीहरूले केवल कक्षाको समयमा मात्र स्मार्टफोन प्रयोग गर्न पाउँथे। शिक्षा मन्त्रालयले आइतबार घोषणा गर्दै यो कदम विद्यार्थीहरूमा स्वस्थ स्क्रिन प्रयोग बानी प्रवर्द्धन गर्न र उनीहरूको सुधार्न उठाइएको कदम रहेको जनाएको छ।
नयाँ नियमअनुसार, विद्यार्थीहरूले आफ्नो मोबाइल र स्मार्टवाचलाई विद्यालयले तोकेको सुरक्षित स्थान वा स्कुल ब्यागमा राख्नुपर्नेछ। यद्यपि आवश्यक परेमा विद्यालयले विशेष परिस्थितिमा छुट दिन सक्नेछ।
मन्त्रालयका अनुसार,विद्यार्थीहरूमा अत्यधिक स्क्रिन प्रयोगले सुत्ने समय, शारीरिक गतिविधि र परिवार तथा साथीहरूसँगको सामाजिक अन्तरक्रियामा बाधा पुर्याउने देखिएको छ।
यसले उनीहरूको समग्र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।
शिक्षक र अभिभावकहरूका अनुसार, यस कदमले विद्यार्थीहरूलाई बढी ध्यान केन्द्रित गर्ने, शारीरिक गतिविधिमा संलग्न हुने र सामाजिक सम्बन्धमा सुधार ल्याउने अवसर दिनेछ। (रासस/सिन्ह्वा)
Shares

प्रतिक्रिया