ग्लोबल


भारतमा शक्तिशाली चक्रवात ‘मोन्था’ प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

भारतमा शक्तिशाली चक्रवात ‘मोन्था’ प्रवेशपछिका १५ दृश्य (तस्बिरहरू)

चक्रवात मोन्थाको प्रभावका कारण मङ्गलुरुको समुद्रमा उठेका छाल।


नेपालखबर
कात्तिक १२, २०८२ बुधबार ८:७, काठमाडौँ

चक्रवात मोन्थाले भारतका चार प्रदेशमा असर गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८०-९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।

धेरै ठाउँमा रूखहरू उखेलिएका छन् र समुद्र तटहरूमा अग्ला छालहरू उठेका छन्।

चारै तटीय राज्यका तटीय क्षेत्रहरूबाट ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

चक्रवाती आँधी 'मोन्था' मंगलबार राति आन्ध्र प्रदेशका मछलीपट्टनम र कलिंगपट्टनमको बीच दक्षिणमा काकीनाडा हुँदै गएको थियो।

भारतीय मौसम विभागका अनुसार, यो अब थोरै कमजोर भएको छ।

यो भीषण चक्रवाती आँधी मंगलबार साँझ ७ बजे आन्ध्र प्रदेशको काकीनाडानजिकै जमिनमा ठोकिएको थियो।

आँधीले मंगलबार साँझसम्म राज्यका धेरै भागमा भारी वर्षा गराएको थियो।

यसैबीच यसको असरले नेपालमा पनि बिहीबारदेखि शनिबारसम्म व्यापक वर्षा र हिमपात गराउने आकलन गर्दै सबैलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।  

हेर्नुहोस् भारतमा मोन्था प्रवेशपछिका १५ दृश्य-

चक्रवात मोन्थाका कारण विशाखापट्टनममा ५०-६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो।
गंजम जिल्लाका माछा मार्ने डुंगाहरू गोपालपुर बन्दरगाहमा राखिए।
मोन्थाको प्रभावका कारण विशाखापट्टनममा समुद्रमा शक्तिशाली छाल उठिरहेका छन्।
विशाखापट्टनममा धेरै ठाउँमा रूखहरू ढलेका छन्। जसलाई एनडीआरएफ टोलीले काटेर हटाएका थिए।
मछलीपट्टनममा मंगलबार दिउँसो ५०-६० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो, जसले गर्दा धेरै रूख ढलेका थिए।
गंजमको पोडाम्पेटा गाउँमा चक्रवात मोन्थाको कारण आएको समुद्री छालबाट तटीय सम्पत्तिमा क्षति पुगेको छ।
आन्ध्र प्रदेश: विशाखापट्टनममा शक्तिशाली आँधीका कारण कारमाथि रूख ढल्यो।
विशाखापट्टनममा आँधीले अटोमाथि ढलेको रुख।
आँधीले आन्ध्र प्रदेशमा क्षति गरेपछि खटिएका उद्धारकर्मी।
आन्ध्र प्रदेशको काकीनाडामा स्थापना गरिएको राहत शिविरमा ल्याइएका मानिस।
आन्ध्र प्रदेशको काकीनाडामा रहेको राहत शिविरमा शरण लिएकाहरूलाई खाना दिइँदै।
मानिसहरूलाई समुद्रमा जानबाट रोक्न चेन्नईको समुद्र तटमा बार लगाइँदै।
चक्रवात मोन्थाको प्रभावका कारण मङ्गलुरुको समुद्रमा देखिएको ज्वारभाटा।
पुरीको समुद्र तटमा बसिरहेका मानिसहरू, जहाँ चक्रवात मोन्थाका कारण समुद्रमा अग्ला छालहरू उठेका थिए।
मोन्था चक्रवातका कारण रेल यात्रा रद्द गरिएपछि भुवनेश्वर रेलवे स्टेसनमा आराम गर्दै यात्रुहरू।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad