राजनीति


आज पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुँदै

आज पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच वार्ता हुँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १२, २०८२ बुधबार ७:५२, काठमाडौँ

निर्वाचनको वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्रीको समन्वयमा आज बालुवाटारमा त्रिपक्षीय वार्ता हुँदैछ। 

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज पहिलोपटक प्रत्यक्ष वार्ता हुन लागेको हो। बुधबार दिउँसो चार बजे वार्ताको समय तय भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए। 

‘आन्दोलनकारी समूह र सत्ताबाट विस्थापित भएका दलहरूबीच प्रत्यक्ष संवाद भएको थिएन,’ रावलले भने, ‘घोषित निर्वाचनमा जानको लागि आग्रह गर्ने उद्देश्यले प्रधानमन्त्रीले सहजीकरण गरेर दुई शक्तिलाई एक ठाउँमा राखेर छलफल गर्न लाग्नु भएको हो।’

यसअघि यही कात्तिक ४ गते सरकार र राजनीतिक दलहरुबीच निर्वाचनकाे विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय छलफलमा अनुकूल वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्न सबैपक्ष सकारात्मक देखिएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad