ग्लोबल


आन्ध्र प्रदेशमा बाइकसँग ठोकिँदा बसमा आगो लाग्यो, कम्तीमा २० जनाको मृत्युु

आन्ध्र प्रदेशमा बाइकसँग ठोकिँदा बसमा आगो लाग्यो, कम्तीमा २० जनाको मृत्युु

बाइकमा ठोकिएर जलेको बस


नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १५:४६, काठमाडौँ

भारतस्थित आन्ध्र प्रदेशको कुर्नुलको चिन्नाटेकुरनजिकै शुक्रबार बिहान मोटरसाइकलमा ठोकिएर बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा २० जना यात्रु जिउँदै जलेको उल्लेख गरेको छ।

कुर्नुल कलेक्टरका अनुसार घटना शुक्रबार बिहान ३:३० बजेतिर भएको हो। अहिलेसम्म ११ जनाको शव पहिचान भइसकेको छ भने ९ जनाको परिचय खुल्न बाँकी छ।

हैदराबादबाट बैंगलोर जाँदै गरेको बस एनएच-४४ मा एउटा बाइकसँग ठोकियो र आगो लाग्यो। बसमुनि रहेको इन्धन ट्याङ्कीमा ठक्कर लाग्दा आगो लागेको बताइएको छ। ठोक्कियो। दुर्घटनामा बाइक चालक शिवशंकरको पनि मृत्यु भएको छ।बसमा लगभग ४० यात्रु थिए। १९ जनाले हाम फालेर ज्यान जोगाएको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad