राजनीति


१५ नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै निर्वाचन आयोग

१५ नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै निर्वाचन आयोग

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १५:५०, काठमाडौँ

निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका निम्ति निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ।

आउँदो फागुन २१ गते हुने गरी प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरिनुअघि १० दल दर्ताका निम्ति निवेदन दिइएको थियो। निर्वाचन घोषणापछि पाँच दल दर्ताका निम्ति निवेदन दिइएको र तिनका कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ।

सामान्यतः आयोगमा दल दर्ताका निम्ति जहिले पनि निवेदन दिन सकिन्छ। तर, ‘जेनजी’ आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरिएको परिवेशमा युवापुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ।

प्रक्रिया पुग्नेको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad