भारतीय युवक राजा रघुवंशी हत्या प्रकरणमा सनसनीपूर्ण मोड आएको छ।
शिलोङ प्रहरीको अनुसन्धानले राजाको हत्या गरिएको हतियारको तस्बिर सार्वजनिक गरेको छ।
स्रोतका अनुसार त्यो धारिलो हतियार गुवाहाटी रेलवे स्टेसननजिकैबाट किनिएको थियो।
हत्याको समयमा सोनम रघुवंशी उपस्थित रहेको र उनकै इशारामा विशाल उर्फ विक्की ठाकुरले राजालाई पहिलो प्रहार गरेको खुलासा भएको छ।
यसबीच आफ्ना पति राजा मार्न सोनमले ‘कन्ट्र्याक्ट किलर’लाई २० लाख दिएको दाबी पनि भइरहेको छ।
हाल राजा रघुवंशी हत्या आरोपमा उनकी पत्नी सोनमसहित सोनमका प्रेमी राज कुशवाहा, आकाश राजपुत, विशाल चौहान र आनन्द कुर्मी प्रहरीको हिरासतमा छन्।
राजा र सोनमबीच मे ११ मा विवाह भएको थियो। यसपछि उनीहरू हनिमुन मनाउन भनेर मे २१ मा शिलोङ पुगेका थिए। अन्तिमपटक परिवारसँग मे २३ मा कुरा गरेका उनीहरू त्यसपछि सम्पर्कविहीन भएका थिए।
यसपछि खोजी गर्दा राजा जुन २ मा मृत भेटिए भने सोनम भेटिएकी थिइनन्। अन्तत: उनी १७ दिनपछि जुन ९ मा गाजीपुरमा फेला परिन्। त्यसपछि हत्या प्रकरण खुलासा भयो।
यसैबीच राजा मारिनुभन्दा अघि श्रीमान्-श्रीमती जंगलमा यात्रा गरिरहेको भिडिओ सार्वजनिक भएको छ।
Shares

प्रतिक्रिया