ग्लोबल


हनिमुन हत्या प्रकरण: राजा र सोनमको अन्तिम भिडिओ भेटियो

हनिमुन हत्या प्रकरण: राजा र सोनमको अन्तिम भिडिओ भेटियो

नेपालखबर
असार २, २०८२ सोमबार २१:२५, काठमाडौँ

भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममै मारिएपछि श्रीमती सोनम प्रहरीको हिरासतमा रहेका बेला उनीहरूको अन्तिम भिडिओ सार्वजनिक भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त जोडीको त्यो अन्तिम भिडिओ गल्तीले पर्यटकको क्यामेरामा कैद भएको हो। जसमा राजा र सोनम जंगलमा सँगै देखिएका छन्। देव सिंह नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडिओ इन्स्टाग्राममा सेयर गरेका छन्।

देवले यो भिडिओ मे २३ को भएको दाबी गरेका छन्, जुन गल्तीले आफ्नो क्यामेरामा रेकर्ड भएको उनको भनाइ छ। 

देवले हालसालै आफ्नो मेघालय यात्राको भिडिओ हेर्ने क्रममा राजा र सोनम पनि देखिएको बताएका छन्। 

यो भिडिओ सोनम र उनका साथीहरूले राजालाई मारेको दिनको भिडिओ भएको दाबी गरिएको छ। 

हेर्नुहोस् भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad