ग्लोबल


भारतमा बढ्दै कोरोना संक्रमण, १ हजार ९ जनामा भाइरस पुष्टि

भारतमा बढ्दै कोरोना संक्रमण, १ हजार ९ जनामा भाइरस पुष्टि

नेपालखबर
जेठ १२, २०८२ सोमबार १४:११, काठमाडौँ

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ।

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभर कोरोना संक्रमितको संख्या १ हजार ९ पुगिसकेको जानकारी दिएको छ।

जसमा सबैभन्दा बढी केरलामा ४३० जना संक्रमित छन्। यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ जनामा कोरोना पुष्टि भएको 

भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

बीबीसी हिन्दीले जारी गरेको सूचीअनुसार केरलामा ४३०, महाराष्ट्रमा २०९, दिल्लीमा  १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगालमा १२, हरियाणामा ९, पुडुचेरीमा ९, आन्ध्र प्रदेशमा ४, मध्य प्रदेशमा २, तेलंगानामा १, गोवामा १ र छत्तीसगढमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। 

तर कर्नाटकका स्वास्थ्यमन्त्री दिनेश गुन्डु रावले भने चिन्ता गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका छन्। 

उनले भनेका  छन्, ‘अवश्य पनि हामीले दक्षिण पूर्वी एसियाली देशहरूमा कोभिडका केसहरू बढ्दै गएको सुनेका छौँ, तर त्यहाँ पनि संक्रमण हल्का छ। भारतमा रिपोर्ट गरिएका कोभिड-१९ का केस पनि हल्का छन्।’

उनले थपेने, ‘महाराष्ट्र र अन्य केही ठाउँमा केही मृत्यु पनि भएका छन्, तर ती मृत्यु कोभिडसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैनन्। यी केसमा अन्य रोगहरू पनि थिए।’

तर पनि सतर्क रहनुपर्ने उनको भनाइ छ। 

उनले भनेका छन्, ‘तैपनि हामी सतर्क रहनुपर्छ। हामी परिस्थितिलाई निगरानी गरिरहेका छौँ। हामीले केही परामर्श पनि जारी गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad