भारतीय राज्य राजस्थानको झुन्झुनुस्थित कोलिहान खानीमा लिफ्ट बिगिँदा कम्तीमा १४ जना फसेको आशंका गरिएको छ।
हिन्दुस्तान कपर लिमिटेड (एचसीएल) को कोलिहान खानीमा मंगलबार राति यो दुर्घटना भएको हो। उद्धार अझै जारी छ।
समाचार एजेन्सी पीटीआईका अनुसार यो लिफ्ट अधिकारीहरूको ढुवानीका लागि थियो।
निमका पुलिस स्टेसन जिल्ला एसपी प्रवीण नायकले पीटीआईसँग केही व्यक्ति घाइते भएको हुनसक्ने बताएका छन्।
— Press Trust of India (@PTI_News) May 14, 2024VIDEO | Several feared trapped after lift collapses in Kolihan mine of Hindustan Copper Limited in Rajasthan's Jhunjhunu. More details awaited. pic.twitter.com/fXgQgiBGCa
प्रारम्भिक जानकारीअनुसार केही वरिष्ठ अधिकारीसहित एचसीएलको सतर्कता टोली खानीमा निरीक्षणका लागि गएको थियो तर माथि आउन थालेपछि लिफ्टको डोरी चुँडियो र उनीहरू त्यहीँ अड्किए।
Shares
प्रतिक्रिया