ad ad

ग्लोबल


फेसबुक लाइभ गरिरहेका बेला शिव सेनाका पूर्वकाउन्सिलरलाई गोली प्रहार

फेसबुक लाइभ गरिरहेका बेला शिव सेनाका पूर्वकाउन्सिलरलाई गोली प्रहार

नेपालखबर
माघ २६, २०८० शुक्रबार ६:४४, काठमाडौँ

भारतमा बिहीबार फेसबुक लाइभ गरिरहेका बेला  शिवसेना (यूबीटी) का पूर्वकाउन्सिलर अभिषेक घोसालकरलाई गोली हानिएको छ। 

मुम्बईमा उनलाई एक व्यक्तिले गोली हानेका हुन्। उनको अवस्था गम्भीर छ।

उनलाई बोरिवलीको करुणा अस्पतालमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ। 

समाचार एजेन्सी एएनआईका अनुसार गोली चलाउने व्यक्ति मौरिस नोरोन्हाले आक्रमणपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन्।

फेसबुक लाइभ गर्ने क्रममा अभिषेक घोसालकरलाई ५ पटक गोली लागेको प्रारम्भिक जानकारी छ।

अभिषेक घोसालकर शिव सेनाका पूर्वविधायक विनोद घोसालकरका छोरा हुन्।

अभिषेक मुम्बईको दहिसरको वार्ड नम्बर १ का पूर्वनगरसेवक हुन्। उनी मुम्बई बैंकका निर्देशक पनि हुन्।

गोली हान्ने व्यक्ति र अभिषेकबीच आपसी विवाद रहेको बताइएको छ।

हाल अभिषेक घोसाल्करकी पत्नी तेजस्विनी पार्षद हुन्। बोरिवली विधानसभा क्षेत्रमा घोसाल्कर परिवारको राजनीतिक वर्चस्व छ।

शिव सेना नेतृ सुष्मा अन्धारेले मौरिस नोरोन्हा दहिसरबाट चुनाव लड्न इच्छुक रहेको र उनीहरुबीच विवाद भएको बताएकी छन्।

केही दिनअघि भाजपा विधायक गणपत गायकवाडले उल्हासनगरमा शिवसेना शिन्दे गुटका नेता महेश गायकवाडमाथि गोली हानेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .