ad ad

ग्लोबल


प्रेमी भेट्न भन्दै पाकिस्तान गएकी अञ्जु भारत फर्किएपछि के भन्छन् उनका पति?

प्रेमी भेट्न भन्दै पाकिस्तान गएकी अञ्जु भारत फर्किएपछि के भन्छन् उनका पति?

अञ्जु र उनका पति।


नेपालखबर
मंसिर १४, २०८० बिहिबार ७:१२, काठमाडौँ

गत जुलाईमा पाकिस्तानी प्रेमी भेट्न भन्दै भारत राजस्थानको भिवाडीबाट पाकिस्तान गएकी भारतीय महिला अञ्जु बुधबार भारत फर्किएकी छन्। भारत फर्किनासाथ उनले भनिन्, ‘म खुसी छु।’

यसैबीच, उनका पति अरविन्दले अझै पनि अञ्जु भारत फर्किएको कुरामा आफूलाई विश्वासै नलागेको बताएका छन्। उनी अञ्जुसँग कुरा गर्न चाहँदैनन्। उनी निकै रिसाएका छन्।

अञ्जुका श्रीमान् अरविन्दले बीबीसी हिन्दीलाई फोनमा भने, ‘मलाई उनी भारत आउँदैछिन् भन्ने कुनै सूचना आएको छैन। उनी हरेक पटक झुट बोलिरहेकी छन्। उनी भारत आएको भन्ने झुटलाई म कसरी पत्याऊँ?’ 

अरविन्द उक्त विषय फेरि चर्चामा आएपछि मिडियासँग पनि निकै आक्रोशित छन्। उनी भन्छन्, ‘मैले दुई महिना छोराछोरी कसरी हुर्काएँ भनेर कोही  सोध्न आएनन्, अहिले अञ्जु भारत आइन् भनेपछि सबैले मलाई पीडा दिइरहेका छन्।’ 

उनी आग्रह गर्छन्, ‘म र मेरा छोराछोरीलाई शान्तिपूर्वक बाँच्न दिनुहोस्।’

बीबीसी हिन्दीका अनुसार अञ्जु फेसबुकबाट चिनजान भएका पाकिस्तानी प्रेमी भेट्न भनी गत जुलाईमा पाकिस्तान गएकी थिइन्।

अरविन्दले आफूलाई मिडियामार्फत अञ्जु पाकिस्तान गएको जानकारी पाएको दाबी गरेका थिए।

अरविन्दले अञ्जु र उनका प्रेमी भनिएका नसरुल्लाहविरुद्ध भिवाडीको फूलबाग प्रहरी चौकीमा एफआईआर दर्ता गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .