ग्लोबल


पाकिस्तानले उत्तर अरब सागरमा गर्‍यो लाइभ मिसाइल परीक्षण

पाकिस्तानले उत्तर अरब सागरमा गर्‍यो लाइभ मिसाइल परीक्षण

नेपालखबर
पुस १, २०८२ मंगलबार ९:४५, काठमाडौँ

पाकिस्तान नौसेनाले उत्तर अरब सागरमा एफएम-९० (एन) इआर सतहबाट हवामा मार हान्ने मिसाइलको लाइभ वेपन फायरिङ (लाइभ हतियार परीक्षण) सफलतापूर्वक सम्पन्न गरेको छ।

परीक्षणका क्रममा पाकिस्तानी नौसेनाको जहाजले उच्च गतिशील र कुशलतापूर्वक चल्ने हवाई लक्ष्यलाई प्रभावकारी रूपमा निसाना बनाएको थियो। जसले नौसेनाको युद्ध क्षमता र लड़ाइँ तयारीलाई पुनः पुष्टि गरेको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

पाकिस्तान फ्लिटका कमान्डर रियर एडमिरल अब्दुल मुनिबले नौसेनाको फ्लिट युनिटमा सवार भएर समुद्रमा यो लाइभ फायरिङको प्रत्यक्ष अवलोकन गरेका थिए। 

उनले उच्च स्तरको व्यावसायिकता, समर्पण र सञ्चालन क्षमता देखाएको भन्दै परीक्षणमा संलग्न अधिकारी र कर्मचारीको तारिफ गरे।

साथै उनले पाकिस्तान नौसेनाले पाकिस्तानको समुद्री रक्षा सुनिश्चित गर्ने र राष्ट्रिय समुद्री हितहरूको संरक्षण गर्ने अटल संकल्प दोहोर्‍याए। 

यो परीक्षणले पाकिस्तानी नौसेनाको आधुनिक हवाई रक्षा प्रणालीको क्षमता प्रदर्शन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad