भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पाँच देश भ्रमणका क्रममा अन्तिम चरणमा इटली पुगेका छन्।
त्यस क्रममा उनले इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग भेट गरेका छन्।
यस विषयमा मोदीले तस्बिरसहित सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
तस्बिरसहित एक्समा मोदीले लेखेका छन्, ‘इटलीको राजधानी रोम आइपुगेपछि मलाई प्रधानमन्त्री मेलोनीलाई रात्रिभोजमा भेट्ने अवसर मिल्यो। त्यसपछि हामीले ऐतिहासिक र प्रतिष्ठित कोलोसियमको भ्रमण गर्यौँ। हामीले धेरै महत्त्वपूर्ण विषयमा विचार आदानप्रदान गर्यौँ।’
उनले अगाडि लेखेका छन्, ‘म आज हाम्रो औपचारिक वार्ताको प्रतीक्षामा छु, जसमा भारत-इटली मित्रता अझ बलियो बनाउने विषयमा छलफल हुनेछ।’
यसअघि यसअघि इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीले एक्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तस्बिर सेयर गर्दै लेखेकी थिइन्, ‘रोममा स्वागत छ, मेरो साथी!’
मोदी यसअघि जुन २०२४ मा पनि जी७ शिखर सम्मेलनका लागि इटली पुगेका थिए।
मोदीले सार्वजनिक गरेका यसपटकका ४ तस्बिर




Shares

प्रतिक्रिया