भारतीय राज्य तमिलनाडुका मुख्यमन्त्री तथा डीएमके प्रमुख एमके स्टालिनले विधानसभा चुनाव हारेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी कोलाथुर विधानसभा सिटमा टीभीकेका वीएस बाबुसँग ८ हजार ७९५ मतले हारेका हुन्।
वीएस बाबुले ८२ हजार ९९७ मत प्राप्त गर्दा स्टालिनले ७४ हजार २०२ मत ल्याए।
स्टालिन २०११ देखि यो सिटमा विजयी भइरहेका थिए।
स्टालिन आफ्नो सिट गुमाउने तमिलनाडुका चौथो बहालवाला मुख्यमन्त्री बनेका छन्।
१९९६ मा जे. जयललिता हारेयता पहिलोपटक बहालवाला मुख्यमन्त्री पराजित भएका हुन्।
291
Shares

प्रतिक्रिया