भारतीय राज्य पश्चिम बंगाल र तमिलनाडुमा बिहीबार विधानसभा चुनावको मतदान सम्पन्न भएको छ।
पश्चिम बंगालमा १५२ सिटका लागि पहिलो चरणको मतदान र तमिलनाडुका सबै २३४ सिटका लागि मतदान गरिएका हुन्।
भारतीय निर्वाचन आयोगका अनुसार बंगालमा ९१.६८ प्रतिशत र तमिलनाडुमा ८४.६० प्रतिशत मत खसेका छन्।
पश्चिम बंगालमा दोस्रो चरणको मतदान अब अप्रिल २९ मा हुनेछ।
विधानसभा चुनावको नतिजा मे ४ मा घोषणा गरिनेछ।
66
Shares

प्रतिक्रिया