समाज


मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु, चालक फरार

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार ६:३१, काठमाडौँ

सिराहामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

चोहर्वा-सिरहा सडकखण्डमा पर्ने नरहा गाउँपालिका-३ खोरिया टोलमा  सिराहा सदरमुकामबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२-०१-००३ प ७६९६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमा पैदल हिँडिरहेकी बालिका मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थिइन्। 

उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

ठक्कर दिने मोटरसाइकल चालक फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad