इरानको संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले अब अमेरिकाले आफूहरूको विश्वास जित्न सक्छ कि सक्दैन भनेर निर्णय गर्ने समय आएको बताएका छन्।
पाकिस्तानमा अमेरिकासँग २१ घण्टा भएको वार्ता बिनासहमति टुंगिएपछि इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका सभामुख कालिबाफले सामाजिक सञ्जालमार्फत यस विषयमा टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जाल प्लाटफर्म एक्समा उनले लेखेका छन्, ‘मैले वार्ताअघि इरानको राम्रो मनसाय र इच्छाशक्ति रहेको कुरामा जोड दिएको थिएँ, तर पछिल्ला दुई युद्धको अनुभवले मलाई विपक्षीप्रति कुनै विश्वास थिएन।’
उनले अगाडि लेखेका छन्, ‘इरानी प्रतिनिधिमण्डलले अगाडि बढ्न पहल गरेकै हो। तर विपक्षी (अमेरिका) अन्ततः यस चरणको वार्तामा इरानी प्रतिनिधिमण्डलको विश्वास जित्न असफल भयो।’
यद्यपि उनले वार्ता व्यापक भएको भन्दै सहजीकरणका लागि पाकिस्तानलाई धन्यवाद दिएका छन्।
Shares

प्रतिक्रिया