राजनीति


ऊर्जामन्त्री श्रेष्ठसँग काठमाडौँमा दुईवटा घर, दुई गाडी

ऊर्जामन्त्री श्रेष्ठसँग काठमाडौँमा दुईवटा घर, दुई गाडी

नेपालखबर
चैत २९, २०८२ आइतबार २१:१४, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुईवटा घर रहेका छन्।

वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना तथा विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर रहेको छ।

यस्तै, सुन र चाँदी १५÷१५ तोला रहेको विवरणमा उल्लेख छ।

मन्त्री श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग विभिन्न बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रुपैयाँ ३३ पैसा नगद रहेको छ।

१ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँको २० हजार ९७८ कित्ता सेयर रहेको छ।

यसैगरी उनीसँग ल्यान्ड क्रुजर गाडी, इलेक्ट्रिक गाडी र एउटा स्कुटर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad