इरानसँग वार्ता गर्न अमेरिकाका उपराष्ट्रपति जेडी भान्स शुक्रबार साँझ पाकिस्तान प्रस्थान गरेका छन्।
पाकिस्तानको इस्लामाबादमा हुने वार्तामा सहभागी हुन उनी एयर फोर्स टु चढेर त्यसतर्फ लागेका हुन्।
विमान चढ्नुअघि उपराष्ट्रपति भान्सले भने, ‘हामी वार्ताको लागि उत्साहित छौँ।’
साथै उनले यदि इरानले ‘राम्रो नियतका साथ’ काम गर्यो भने अमेरिका ‘सहयोगी हात फैलाउन’ तयार रहेको पनि बताए।
उनले भने, ‘वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले मलाई दिशानिर्देश गरेका छन्।’
— Rapid Response 47 (@RapidResponse47) April 10, 2026.@VP departs for Islamabad, Pakistan: "As @POTUS said, if the Iranians are willing to negotiate in good faith, we're certainly willing to extend the open hand. If they're going to try to play us, then they're going to find that the negotiating team is not that receptive." pic.twitter.com/9nNDGsMmId
पाकिस्तानस्थित बीबीसी संवाददाताका अनुसार भान्सको साथमा अमेरिकाका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनर पनि हुनेछन्।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार इरानसँग वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार सुरु हुने अपेक्षा गरिएको छ।
यसअघि मंगलबार राति पाकिस्तानकै मध्यस्थतामा अमेरिका र इरानबिच २ साता युद्धविराम गर्ने सहमति भइसकेको छ।
तर लेबननमा इजरायलले आक्रमण जारी राखेपछि युद्धविरामका विषयमा दुई देशबिच विवाद देखिएको छ।
इरानले सम्झौताअनुसार युद्धविराम लेबननमा पनि लागु हुनुपर्ने जिकिर गरिरहेको छ भने अमेरिकाले यो कुरा सम्झौतामा नरहेको दाबी गरिरहेको छ।
उता इजरायलले पनि इरानसँग युद्धविराम भए पनि लेबननका लागि यो सम्झौता नभएको भनिरहेको छ। तर पाकिस्तानले युद्धविराम लेबननका लागि पनि भएको बताइरहेको छ।

यहीबिच अमेरिका र इरानले स्थायी शान्तिका लागि पाकिस्तानमा थप वार्ता गर्न लागेका हुन्।
तर इरानी प्रतिनिधिमण्डल अझै पाकिस्तान नआएकाले वार्ता अझै अनिश्चित छ। किनकि लेबननमा इजरायलले आक्रमण जारी राखेका कारण इरान रिसाएको छ।
Shares

प्रतिक्रिया