ग्लोबल


इरानमा आक्रमण र खामेनीको हत्याले चीन र रुस रुष्ट, के भने?

इरानमा आक्रमण र खामेनीको हत्याले चीन र रुस रुष्ट, के भने?

नेपालखबर
फागुन १७, २०८२ आइतबार २१:३६, काठमाडौँ

चीनले इरानमा भएको आक्रमणको निन्दा गरेको छ। 

इजरायल र अमेरिकाले इरानमा हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्नु संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्त विपरीत भएको टिप्पणी चीनको विदेश मन्त्रालयले गरेको हो। 

चीनको विदेश मन्त्रालयले भनेको छ, ‘इरानको सर्वोच्च नेतामाथि हमला तथा उनको हत्या इरानको सार्वभौमसत्ता र सुरक्षाको गम्भीर उल्लंघन हो। यो कदम संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता विपरीत छ। चीन यसको कडा विरोध र निन्दा गर्दछ।’

चीनले शान्ति कायम गर्न अपिल पनि गरेको छ।

उसले भनेको छ, ‘हामी सैन्य कारबाही तत्काल रोक्न र तनावपूर्ण स्थितिलाई थप बिग्रन नदिन आह्वान गर्दछौँ। साथै हामी मध्यपूर्व र सम्पूर्ण विश्वमा शान्ति र स्थायित्व कायम राख्न आह्वान गर्दछौँ।’

यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानमा आक्रमण र खामेनीको हत्याको कडा विरोध गरेका छन्। 

उनले भनेका छन्, ‘अली खामेनी र उनको परिवार मारिनु मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनविरुद्धको हत्या हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad