ग्लोबल


फ्रान्ससँग ११४ लडाकु विमान किन्दै भारत, आज हुनेछ रक्षा सम्झौता

फ्रान्ससँग ११४ लडाकु विमान किन्दै भारत, आज हुनेछ रक्षा सम्झौता

नेपालखबर
फागुन ५, २०८२ मंगलबार १०:१०, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच आज (मंगलबार) मुम्बईमा भेटवार्ता हुँदै छ। 

यस क्रममा दुई देशबीच ३.२५ लाख करोड रुपैयाँको रक्षा सम्झौतामा हस्ताक्षर हुनेछ।

यो सम्झौता मूल्यका हिसाबले भारतको सबैभन्दा ठुलो सैन्य खरिद हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यस सम्झौताअन्तर्गत भारतले ११४ राफेल लडाकु विमान प्राप्त गर्नेछ।

आजको बैठकमा रक्षा, समुद्री सहयोग, इन्डो-प्यासिफिक रणनीति, उदीयमान प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी मुद्दामा छलफल हुनेछ।

बैठक दिउँसो ३:१५ बजे मुम्बईको लोक भवनमा हुनेछ।

साँझ ५:१५ बजे दुई नेताले भारत-फ्रान्स नवप्रवर्तन वर्ष २०२६ को उद्घाटन गर्नेछन् र दुवै देशका उद्योगपति, स्टार्टअप संस्थापक, अनुसन्धान विज्ञ र नवप्रवर्तन नेताहरूलाई सम्बोधन गर्नेछन्।

भारत भ्रमणका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोन सोमबार राति नै मुम्बई ओर्लिसकेका छन्। 

मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन।

श्रीमतीसहित आएका उनी फेब्रुअरी १७ (आज) देखि १९ (बिहीबार) सम्म भारतको भ्रमणमा रहनेछन्।

यस अवधिमा उनले दिल्लीमा एआई प्रभाव शिखर सम्मेलनमा पनि भाग लिनेछन्।

भारतले पाउनेछ २४ सुपर राफेल लडाकु विमान

भारत र फ्रान्सबिचको हुने राफेल सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसमा २४ वटा विमान ‘सुपर राफेल’ हुनेछन्।

यो उन्नत जेटलाई एफ-५ संस्करण भनिएको छ, जुन फ्रान्सेली कम्पनी ड्यासल्ट एभिएसनले बनाउँदै छ। 

हाल भारतीय वायुसेनाको सेवामा रहेका राफेलहरू एफ-३ संस्करण हुन् र जसलाई ४.५-पुस्ताको लडाकु विमान मानिन्छ। यसमा स्टिल्थ सुविधा र आणविक हतियार बोक्ने क्षमता छ। नयाँ सम्झौताअन्तर्गत प्राप्त गरिने धेरैजसो जेट एफ-४ संस्करणका हुनेछन्, जुन अझ उन्नत प्रणाली र अपग्रेड प्रविधिले सुसज्जित हुनेछन्।

एफ-५ राफेललाई युरोपेली मापदण्डअनुसार अझ उन्नतका रूपमा वर्गीकरण गरिएको छ। हाल यी विमान विकासकै चरणमा छन्। योजनाअनुसार एफ-४ जेटको डेलिभरी सन् २०२८-२९ मा सुरु हुनेछ। एफ-५ वा सुपर राफेल भने २०३० पछि प्राप्त हुनेछन्।

यो सम्झौतासँगै भारत फ्रान्स र यस्ता उन्नत क्षमता भएका राफेल लडाकु जेट भएका देशको समूहमा सामेल हुनेछ। यसलाई वायुसेनाको शक्ति र प्रविधि स्तर दुवैमा ठूलो वृद्धि मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad