ग्लोबल


बेलायतले चीनसँग सम्झौता गर्नु ‘धेरै खतरनाक’: डोनाल्ड ट्रम्प

बेलायतले चीनसँग सम्झौता गर्नु ‘धेरै खतरनाक’: डोनाल्ड ट्रम्प

नेपालखबर
माघ १६, २०८२ शुक्रबार १०:८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग सम्झौता गर्नु ‘धेरै खतरनाक’ भएको बताएका छन्।

ट्रम्पको उक्त टिप्पणी चीन भ्रमणमा रहेका बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बिहीबार त्यहाँका राष्ट्रपति सी चिनफिङबिचसँग गरेको भेटवार्तापछि आएको हो।

बेलायतका प्रधानमन्त्री स्टार्मर गत बुधबारदेखि ३ दिनका लागि चीन भ्रमणमा छन्। 

उनको भ्रमण बेलायत र चीनको सम्बन्ध पुनर्जीवित बनाउने उद्देश्यले भएको हो।

दुई देशबिच सम्झौताले व्यापार र लगानी बढाउने लक्ष्य राखेको छ।

अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पमा आधारित वृत्तचित्रको प्रिमियरमा ट्रम्पलाई सोधिएको थियो- बेलायतले चीनसँग व्यापार सम्बन्ध विस्तार गरेको विषयमा तपाईंको धारणा के छ? 

जवाफमा उनले भने, ‘यो उसका धेरै खतरनाक छ।’

बिहीबार सीसँग भेटवार्तापछि स्टार्मरले बेलायतले चीनसँग ‘धेरै राम्रो सम्बन्ध’ चाहेको बताए। उनले चीनलाई ‘विश्व मञ्चमा एक महत्त्वपूर्ण खेलाडी’ भने।

बिहीबार चीनमा बेलायतका प्रधानमन्त्री किअर स्टार्मर र चिनियाँ राष्ट्रपति सी चिनफिङ

यस्तै राष्ट्रपति सी चिनफिङले दुई देशबिचको सम्बन्धमा ‘उतारचढाव’ आए पनि चीन बेलायतसँग ‘दीर्घकालीन रणनीतिक साझेदारी"का लागि तयार रहेको बताए। 

वर्तमान विश्वव्यापी अवस्थालाई ‘अस्थिर र परिवर्तनशील’ भन्दै सीले थपे, ‘विश्वमा शान्ति र स्थिरताका लागि राम्रो संवाद आवश्यक छ।’

यसैबिच बेलायतको प्रधानमन्त्री कार्यालयले बेलायत र चीनबीच भिसाबिनै बेलायती नागरिकलाई चीन यात्रा गर्न अनुमति दिने सम्झौता भएको बताएको छ।

बेलायतका अनुसार यो सम्झौता ३० दिनभन्दा कम समय यात्रा गर्ने बेलायती नागरिकमा लागु हुनेछ। 

बेलायत सरकारका अनुसार यसको अर्थ व्यापार वा पर्यटनका लागि चीन यात्रा गर्ने नागरिकले भिसाबिनै यात्रा गर्न सक्छन्।

सम्झौताबारे बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले भने, ‘विश्वका आर्थिक महाशक्तिमध्ये एक भएका नाताले चीनमा व्यापार बढाउने तरिकाको माग भइरहेको थियो।’

उनले थपे, ‘हामी उनीहरूका लागि यो सजिलो बनाउनेछौँ। यसमा छोटो अवधिको यात्राका लागि भिसा नियम सहज बनाउने कुरा पनि छ। यसले उनीहरूलाई विदेशमा विस्तार गर्न मद्दत पुग्नेछ। साथै देशभित्र विकास र रोजगारी पनि वृद्धि हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad