बुधबार विमान दुर्घटनामा परी बितेका भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको आज (बिहीबार) अन्त्येष्टि गरिएको छ।
बुधबार बिहान महाराष्ट्रस्थित बारामती विमानस्थलमा निजी चार्टर्ड विमान दुर्घटना हुँदा त्यसमा सवार उनीसहित ५ जनाको मृत्यु भएको थियो।

नेस्नलिस्ट कंग्रेसका अध्यक्ष पनि रहेका पवारको आज बारामतीस्थित विद्या प्रतिष्ठान मैदानमा अन्तिम संस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पवारलाई उनका छोराहरू पार्थ पवार र जय पवारले दागबत्ती दिए।

उनको अन्त्येष्टिमा धेरै जना राजनीतिकर्मी, मन्त्री तथा नागरिक सहभागी भएका थिए।
अजित पवारकी श्रीमती तथा राज्यसभा सांसद सुनेत्रा पवारले पतिलाई श्रद्धाञ्जली अर्पण गरिन्।
त्यसपछि गृहमन्त्री अमित शाह, भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीन र महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले श्रद्धाञ्जली दिएका थिए।

Shares

प्रतिक्रिया