ग्लोबल


ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको धम्कीमा डेनमार्कको जवाफ: तुरुन्तै गोली हान्छौँ

ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको धम्कीमा डेनमार्कको जवाफ: तुरुन्तै गोली हान्छौँ

नेपालखबर
पुस २५, २०८२ शुक्रबार २२:२२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि डेनमार्कले कडा प्रतिक्रिया दिएको छ। 

सीएनएनको रिपोर्टअनुसार डेनमार्कको रक्षा मन्त्रालयले भनेको छ- यदि कुनै विदेशी शक्तिले हाम्रो क्षेत्रमा आक्रमण गर्छ भने सैनिकहरूले तुरुन्तै जवाफ दिनेछन् र आदेशको प्रतीक्षा नगरी गोली चलाउनेछन्।

बिनाआदेश हमला गर्ने नियम पहिलोपटक १९४० मा लागु गरिएको थियो, जब जर्मनीले डेनमार्कमा आक्रमण गर्‍यो। त्यतिबेला सञ्चार प्रणाली ठप्प भएको थियो। जसले गर्दा सैनिकहरू के गर्ने भन्ने कुरामा अन्योलमा परेका थिए।

डेनमार्कको रक्षा मन्त्रालयले यो नियम आज पनि लागु रहेको बताएको हो।

यो चेतावनी अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने वा खरिद गर्ने भनेर दिएको अभिव्यक्तिपछि आएको हो।

ग्रिनल्यान्ड एट्लान्टिक महासागरको एक टापु हो र ३०० वर्षदेखि यो डेनमार्कसँग सम्बन्धित छ। यहाँको विदेश र रक्षा नीति डेनमार्कले हेर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad