भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको दाबी गरेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब त्यहाँको सत्ता विपक्षी नेतालाई सुम्पने विषयमा विचार गरिरहेको बताएका छन्।
शनिबार फक्स न्युज टीभीले उनलाई भेनेजुएलामा सत्ता विपक्षी नेत्री मारिया कोरिना माचाडोलाई दिने कुरामा तपाईंको समर्थन हुन्छ कि हुँदैन भनेर सोधेको थियो।
जसको जवाफमा ट्रम्पले भनेका छन्, ‘अब हामीले त्यस विषयमा विचार गर्नुपर्छ।’
उनले थपे, ‘तपाईंलाई थाहा छ, ऊ (भेनेजुएला) सँग उपराष्ट्रपति छ। मलाई थाहा छैन- त्यो कस्तो प्रकारको चुनाव थियो? तर तपाईंलाई थाहा छ- मादुरोको चुनाव लज्जास्पद थियो।’
सन् २०२५ को नोबेल शान्ति पुरस्कार विजेता माचाडो हाल नर्वेमा छिन्।
ट्रम्पले शनिबार भेनेजुएलामा हमला गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई समेत पक्राउ गरिएको दाबी गरेका छन् भने अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घोषणा गरेकी छन्।
Shares

प्रतिक्रिया