अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरामा डकुमेन्ट्री विवादमा बीबीसीविरुद्ध मानहानि मुद्दा हालेका छन्।
२०२१ जनवरी ६ मा आफूले दिएको भाषणलाई गलत सन्देश जानेगरी काँटछाँट गरेको भन्दै ट्रम्पले बीबीसीविरुद्ध फ्लोरिडा अदालतमा मुद्दा दायर गरेका हुन्। जसमा उनले आफ्नो मानहानि भएको उल्लेख गर्द अर्बौं डलर क्षतिपूर्ति माग गरेका छन्।
यस विषयमा बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको थियोे।
ट्रम्पको कानुनी टोलीले बीबीसीले उनको भाषणलाई 'जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा परिवर्तन' गरेर उनको छविलाई क्षति पुर्याएको दाबी गरेको छ।
बीबीसीले अहिलेसम्म मुद्दाको जवाफ दिएको छैन।
ट्रम्पले बीबीसीविरुद्ध मानहानि र फ्लोरिडाको व्यापार अभ्यास कानुन उल्लङ्घनको अर्को मुद्दा पनि दायर गर्दै छन्।
Shares

प्रतिक्रिया