ग्लोबल


अमेरिकाले प्रतिबन्ध हटाउनासाथ बेलारुसले गर्‍यो नोबेल पुरस्कार विजेतासहित १२३ कैदी रिहा

अमेरिकाले प्रतिबन्ध हटाउनासाथ बेलारुसले गर्‍यो नोबेल पुरस्कार विजेतासहित १२३ कैदी रिहा

नोबेल पुरस्कार विजेता मारिया बियालियात्स्की पाँच वर्षअघि पक्राउ परेकी थिइन्।


नेपालखबर
मंसिर २८, २०८२ आइतबार ७:२३, काठमाडौँ

बेलारुसले प्रमुख विपक्षी कार्यकर्ता मारिया कोलेस्निकोभासहित १२३ जना कैदीलाई रिहा गरेको छ। 

बीबीसीका अनुसार पूर्वी युरोपेली मुलुकविरुद्धको प्रतिबन्ध हटाउन अमेरिका सहमत भएपछि यो निर्णय गरिएको हो। 

रिहा गरिएकाहरूमा नोबेल शान्ति पुरस्कार विजेता मारिया बियालियात्स्की पनि छन्। कोलेस्निकोभा २०२० देखि जेलमा थिइन्, जुन अवधिमा उनलाई लामो समयसम्म एकान्त कारावासमा राखिएको थियो।

उनको रिहाइका लागि अभियान चलाइरहेकी उनकी बहिनी तातियाना खोमिचले रिहाइपछि तुरुन्तै आफ्नी दिदीसँग भिडिओ कलमार्फत कुरा गरेकी थिइन्।

खोमिचले भनिन्, ‘उनी स्वतन्त्र छिन्, उनी ठिक देखिन्छिन्, उनी राम्रो देखिन्छिन्।’

उनले आफ्नी दिलाई अँगालो हाल्न उत्सुक रहेको बताइन्।

यो रिहाइ बेलारुसका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जोन कोयलसँग मिन्स्कमा भएको वार्तापछि भएको हो।

अमेरिकाले वार्ताका क्रममा पोटासविरुद्धको प्रतिबन्ध हटाउन सहमति जनाएको छ।

बेलारुस पोटासको एक प्रमुख निर्यातकर्ता हो। बेलारुसलाई रुसको नजिकको सहयोगी मानिन्छ।

कोएलले भने, ‘दुई देशबीचको सम्बन्ध सामान्य हुँदै जाँदा थप प्रतिबन्ध हटाइनेछन्।’

युरोपेली संघले बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोलाई ‘राष्ट्रपति’का रूपमा मान्यता दिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad