ग्लोबल


भारतलाई सीडीएफ मुनिरको चेतावनी : फेरि आक्रमण भए पाकिस्तानको जवाफ अझ गम्भीर हुनेछ

भारतलाई सीडीएफ मुनिरको चेतावनी : फेरि आक्रमण भए पाकिस्तानको जवाफ अझ गम्भीर हुनेछ

नेपालखबर
मंसिर २३, २०८२ मंगलबार ९:२६, काठमाडौँ

देशको चिफ अफ डिफेन्स फोर्सेज (सीडीएफ) बनेका पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनिरले भारतविरुद्ध कडा चेतावनी दिएका छन्। 

देशकै पहिलो सीडीएफ बनेका उनले सोमबार पदभार ग्रहण गरेपछि रावलपिन्डडीमा आयोजित समारोहमा उनलाई गार्ड अफ अनर प्रदान गरिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यमा पाकिस्तानमाथि आक्रमण भएमा पाकिस्तानको प्रतिक्रिया अझ छिटो र गम्भीर हुनेछ।’

साथै उनले भारतलाई पाकिस्तानविरुद्ध कुनै गलत धारणा नराख्न पनि चेतावनी दिए।

मुनिरले भने, ‘आधुनिक युद्ध साइबरस्पेस, इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रम, अन्तरिक्ष, सूचना युद्ध, एआई र क्वान्टम कम्प्युटिङजस्ता नयाँ क्षेत्रमा विस्तार भएको छ। फोर्सेजले आधुनिक चुनौतीअनुरूप आफूलाई ढाल्न जरुरी छ।’

उनले थपे, ‘पाकिस्तान एक शान्तिप्रिय राष्ट्र हो। इस्लामाबादको क्षेत्रीय अखण्डता वा सार्वभौमिकतालाई चुनौती दिन कसैलाई पनि अनुमति दिइने छैन।’

मुनिरले अपरेसन सिन्दूरका क्रममा पाकिस्तानी सेना र नागरिकले धैर्य र सहिष्णुताता देखाएको भन्दै प्रशंसा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad