पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले फिल्ड मार्सल (सेना प्रमुख) आसिम मुनिरलाई देशको पहिलो ‘चिफ अफ डिफेन्स फोर्सेज’ (रक्षा बल प्रमुख) का रूपमा नियुक्त गरेका छन्।
बिहीबार साँझ प्रधानमन्त्री सहबाज सरिफले फिल्ड मार्सल मुनिरलाई ‘चिफ अफ डिफेन्स फोर्सेज’मा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
दुवै पदमा आसिम पाँच वर्ष अर्थात् सन् २०३० सम्म रहनेछन्।
साथै राष्ट्रपति जरदारीले वायुसेना प्रमुख एयर चिफ मार्सल जहिर अहमद बाबर सिद्धुको कार्यकाल दुई वर्षका लागि बढाउने प्रस्ताव पनि अनुमोदन गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
279
Shares

प्रतिक्रिया