ग्लोबल


दिल्लीमा भेटलगत्तै मोदीले पुटिनलाई दिए गीता उपहार

दिल्लीमा भेटलगत्तै मोदीले पुटिनलाई दिए गीता उपहार

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ७:३७, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन बिहीबार साँझ भारत आइपुगेका छन्।

दुईदिने भारत भ्रमणका क्रममा पुटिन दिल्ली ओर्लिँदा स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल पुगेका थिए।

यसैबीच मोदीले पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा लेखेका छन्, 'राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि दिएँ। गीताको शिक्षाले विश्वभरका लाखौँलाई प्रेरणा दिन्छ।'

बिहीबार साँझ विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको आधिकारिक निवास ७, लोक कल्याण मार्ग पुगेका थिए। 

युक्रेनसँग युद्ध सुरु भएयता राष्ट्रपति पुटिन पहिलोपटक भारत भ्रमणमा आएका हुन्।

यस क्रममा रुसी राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँग २३औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad