भ्रष्टाचार मुद्दामा १४ वर्ष जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान २०२३ अगस्टदेखि जेलमा छन्।
उनी थुनिएको अडियाला कारागारमा हरेक मंगलबार कैदीहरूलाई आफन्तसँग भेट्न अनुमति दिइन्छ।
तर इमरान खानको परिवार र उनको पार्टी पीटीआईका नेताहरूले धेरै हप्तादेखि उनीसँग भेट्न नदिइएको बताएका छन्।
यसैबीच गत मंगलबार ठूलो संख्यामा पीटीआई कार्यकर्ताहरू इमरान खानलाई भेट्न जेल पुगेका थिए। तर जेल प्रशासनले कसैलाई पनि भेट्न दिएन। जसले उनका परिवार र कार्यकर्तामा विभिन्न शंकासहित चिन्ता बढायो।
यसपछि मंगलबार राति सामाजिक सञ्जालमा इमरान खान कहाँ छन् भन्ने ट्रेन्डिङ सुरु भयो। अनि भोलिपल्ट बुधबार ठूलो संख्यामा पीटीआई समर्थकहरू आडियाला जेल बाहिर भेला भए।
उनको मृत्युको हल्ला खासगरी अफगान मिडिया रिपोर्टपछि सुरु भएको हो। जसमा ७२ वर्षीय इमरानको अडियाला जेलभित्र हत्या गरिएको दाबी गरिएको छ। एउटा पोस्टमा भनिएको छ, ‘आईएसआई र सेना प्रमुख असिम मुनिरले इमरानको हत्या गर्ने षड्यन्त्र रचेका हुन्।’
अडियाल जेल प्रशासनले उनी जीवितै रहेको दाबी गरे पनि पाकिस्तान सरकारले अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन।
यसैबीच इमरान खानकी बहिनी नोरिन नियाजीले आफ्नो दाइको अवस्थाबारे कुनै जानकारी नरहेको र यस विषयमा जेल प्रशासन मौन बसेको बताएकी छन्।
उनले भनिन्, ‘भारतमा इमरान खानको हत्या भएको खबर फैलिएको छ, जसले परिवारलाई अझ त्रसित बनाएको छ।’
#WATCH | Lahore, Pakistan | On rumours about PTI Founder and former Pakistan PM Imran Khan's health, his sister, Noreen Niazi, says, "We don't know anything. They are not telling us anything, nor are they letting anybody meet him. His party's people went there as they had a… pic.twitter.com/bXbnhCTbBl
— ANI (@ANI) November 27, 2025
यस्तै इमरानका छोरा कासिम खानले पनि आफ्ना बुवा जीवितै रहेको प्रमाण पाकिस्तान सरकारसँग मागेका छन्।
Shares

प्रतिक्रिया